दफा २१
जिल्ला समितिको काम, कर्तव्य र अधिकार
जिल्ला समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-
(क) जिल्लाभित्रकाँ अनुमतिपत्र प्राप्त व्यक्तिले तेजाब वा अन्य घातक रासायनिक पदार्थको उत्पादन; निकासी, पैठारी, भण्डारण, ओसारपसार वा बिक्री बितरण गर्दा, यो ऐन तथा यस ऐन अन्तर्गत बनेको नियमको व्यवस्था “तथा ; अनुमतिपत्रमा उल्लिखित शर्तको पालना भए नभएको सम्बन्धमा निरीक्षण तथा अनुगमन गरी समितिलाई प्रतिवेदन गर्ने,
(ख) नष्ट वा विसर्जन गर्नु पर्ने तेजाब वा अन्य घातक रासायनिक पदार्थ यस ऐन बमोजिमको प्रक्रिया पूरा गराई नष्ट वा विसर्जन गर्ने वा गराउने,
(ग) तोकिए बमोजिमका अन्य काम गर्ने।